विद्यालय शिक्षा विधेयक समितिबाट पारित, माओवादी–रास्वपा–राप्रपाको फरक मत

Hari Bahadur Giri

काठमाडौं — विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिबाट पारित भएको छ। बिहीबार बसेको समितिको बैठकले विधेयक पारित गरेको हो।

तर, विधेयक पारित गर्ने क्रममा तीन दल—नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)—ले फरक मत राखेका छन्।

माओवादी केन्द्रले निजी विद्यालयले उपलब्ध गराउने छात्रवृत्ति सम्बन्धी प्रावधानलाई उपसमितिले गरेको निर्णयअनुसार समावेश गर्नुपर्ने माग गर्दै पाँच बुँदे फरक मत राखेको हो।

यसैगरी रास्वपाले आवाससहितको पूर्ण छात्रवृत्ति सुनिश्चित हुनुपर्ने माग राख्दै तीन बुँदे फरक मत प्रस्तुत गरेको छ।

राप्रपाले भने निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक संस्थामा रूपान्तरण गर्ने व्यवस्था प्रति असहमति जनाएको छ।

समितिबाट फरक मतसहित पारित भएको यो विधेयक अब आउँदो प्रतिनिधिसभा बैठकमा पेस गरिनेछ।

प्रतिक्रिया